भैरहवा । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत तेक्वान्दोमा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ ।
भैरहवाको ब्याडमिन्टन कभर्डहलमा मंगलबार सम्पन्न तेक्वान्दोमा पुलिसले ११ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको हो । पुलिसले ११ स्वर्ण, ३ रजत र ३ कास्यसहित कुल १७ पदक जित्यो ।
दोस्रो भएको आर्मीले ६ स्वर्ण, ४ रजत र ७ कास्य पदक सहित १४ पदक जित्यो । एपिएफ क्लब २ स्वर्ण, ७ रजत र ५ काश्य सहित १४ पदकसहित तेस्रो भयो ।
यस्तै प्रदेश १ ले १ स्वर्ण, ३ रजत र ५ काश्य गरी कुल ९ पदक सहित चौथो स्थानमा रहदा प्रदेश ५ ले १ स्वर्ण, १ रजत र ३ काश्य सहित ५ पदक जिति पाचौ स्थानमा रहे ।
त्यस्तै प्रदेश २ ले १ रजत र ४ काश्य, प्रदेश ३ ले १ रजत ६ काश्य, सुदुर पश्चिमले १ रजत ३ काश्य र गण्डकी प्रदेशले ४ काश्य जित्न सफल भए ।
प्रतियोगितामा पुरुषतर्फ आर्मीका सक्षम कार्की र महिलातर्फ पुलिसका रेजिना कार्की उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट प्रशिक्षकको पुरस्कार पुलिसका रञ्जन श्रेष्ठ चुनिए ।
मंगलबार पुरुष ५४ केजि तौल मुनि नेपाल पुलिसका मनोज मल्लले स्वर्ण, एपिएफका गणेश चौधरीले रजत पदक जिते ।
महिलाको ४६ केजि मुनि तौल समुहमा नेपाल पुलिसकी रेजिना कार्किले स्वर्ण जित्दा सुदुर पश्चिम प्रदेशकी गिता कठेतले रजतमै चित्त बुझाईन् ।
पुरुषको ५८ केजि मुनि तौल समुहमा प्रदेश ५का गोबिन्द बहादुर आलेले स्वर्ण जित्दा एपिएफका चन्द्र रानामगरले रजत पदक जिते ।
महिलाको ४९ केजि मुनि तौलमा नेपाली सेनाकी युनिसा राईले स्वण र एपिएफकी अस्मिता खडकाले रजत प्राप्त गरे ।
पुरुषको ८७ केजि माथि तर्फ नेपाल पुलिसका अनुज पुजारीले स्वर्ण जित्दा नेपाली सेनाका रामहरी महतले रजत जिते ।
महिला ७३ केजि तौल माथि मनिता शाहीले स्वर्ण जितीन भने एपिएफकी शुष्मा गुरुङले रजत जितिन ।