भैरहवा । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत तेक्वान्दोको स्पाईरिङतर्फ आर्मीका राम हरी महत र नेपाल पुलिस क्लबका अनुज पुजारी फाईनलमा प्रवेश गरेका छन् ।
भैरहवा ब्याडमिन्टन कभर्डहल सोमबार पुरुष ८७ केजि माथिको तौल समूहमा राम र अनुजले फाईनलमा स्थान पक्का गरेका हुन् ।
पुरुषको ५८ केजि मुनि तौल समूहमा प्रदेश ५ का गोबिन्द बहादुर आले र एपिएफका चन्द्र राना मगर फाईनलमा पुगेका छन् ।
पुरुष ५४ केजि तौल समूह मुनि एपिएफका गणेश चौधरी र नेपाल पुलिसका मनोज मल्लले फाईनलमा स्थान बनाएका छन् ।
महिला ७३ केजि माथिको तौल समूहमा एपिएफकी सुष्मा गुरुङ र नेपाल पुलिस क्लबकी मनिता शाही फाईनल प्रवेश गरेका छन् ।
महिलाहरुको ४९ केजि मुनि तौल समूहमा एपिएफ क्लबका अस्मिता खडका र आर्मीकी युनिसा राई फाईनल पुगेकी छिन् ।