नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १९ औं महिला तथा पुरुष राष्ट्रिय आइटिएफ प्रतियोगितामा प्रदेश १ का दिलेन राईले स्वर्ण पदक जितेका छन् ।
सोमबार भएको खेलमा पुरुष ६६–७० केजी दिलेनले स्वर्ण जितेका हुन् । एपीएफका नाङगेल तामाङले रजत तथा आर्मीका ललीत बहादुर बस्नेत र प्रदेश नम्बर तीनका सकिर श्रेष्ठले कास्य पदक जिते ।
पुरुष ५६–६० किलो तौल समुहमा आर्मीका दिनेस बुढा मगरले स्वर्ण पदक जिते । प्रदेश नम्बर तीनका कासाङ दोर्जे लामाले रजत तथा एपीएफका प्रज्वल गड्तौला र प्रदेश नम्बर पाचका राजु चौधरीले कास्य पदक जिते ।
६१–६५ किलो तौल समुहमा एपीएफका गोविन्द धिमालले स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशका प्रविण थापा मगरले रजत तथा प्रदेश नम्बर तीनका आशिष भुजेल र प्रदेश नम्बर पाचका विवेक नेपालीले कास्य पदक जिते ।
७१–७५ किलो तौल समुहमा आर्मीका भिम बहादुर तामाङ पहिलो तथा एपीएफका हर्कलाल राजबंशी दोश्रो भए । एक नम्बर प्रदेशका निसान खत्री र प्रदेश नम्बर तीनका डेविड घलेले कास्य पदक जिते ।
महिलाको ४६–५० किलो तौल प्रदेश नम्बर पाचकी सुस्मिता राना मगरले स्वर्ण पदक जित्दा, तीन नम्बर प्रदेशकी निलिमा सुनुवारले रजत पदक जितिन् । सात नम्बर प्रदेशकी सिमा रसाइली र प्रदेश नम्बर पाचकी ममता गाहले कास्य पदक जिते ।
५१–५५ किलो तौल समुहमा आर्मीकी रिना धिमालले स्वर्ण र एपीएफकी सञ्चिता लामाले रजत पदक जिते । गण्डकी प्रदेशकी गंगा थारु र प्रदेश नम्बर दुइकी सविना श्रेष्ठले कास्य पदक जिते ।