दाङ । प्रदेश नम्बर १ आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
लमही क्रिकेट खेल मैदानमा सोमबार सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले हराउदै प्रदेश नम्बर १ ले उपाधि नजिक पुगेको हो ।
टस जितेर व्याटिङ रोजेको सुदुरपश्चिम प्रदेश २० ओभरमा ७ विकेट गुमाउँदै ८० रन जोडेको थियो । सुदुरपश्चिम प्रदेशकी विन्दु रावल नट आउट २६, कविता जोशी ११ रन नटआउट योग्दान दिइन ।
प्रदेश १ निग्मा तामाङले २ तथा रुविना क्षेत्रि, सवनम राई र संगिता राईले समान १/१ विकेट लिइन् ।
सुदुरले दिएको ८१ रनको लक्ष्य प्रदेश १ ले १३ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
प्रदेश नं १ को जितमा रुविना क्षेत्रीले अविजित ४३ र रोमाको थापा अविजित २१ रन जोडिन् । सुदुरपश्चिमकी कविता जोशीले २ विकेट लिइन ।
अब प्रदेश १ ले फाइनलमा एपीएफ क्लबको सामना गर्नेछ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा एपीएफले प्रदेश २ लाई ६७ रनले हराएर प्रदेश १ संगको भेट पक्का गरेको हो ।
टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरको समाप्तिमा ५ विकेट १३६ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले अविजित ४१ रनको योगदान दिइन । यस्तै ममता चौधरी ३९, सिता राना मगरले २६ रन जोडे । प्रदेश २ की शान्ति चौधरी २ विकेट लिइन ।
एपीएफले दिएको १३७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश २ ले २० ओभरमा अलआउट हुँदै ६९ रन मात्र बनाउन सक्यो । उसका लागि अनुराधा चौधरी २२ तथा शोभा आलो १६ रन बनाए । एपीएफकी सरिता मगरले ३ तथा सिता राना मगर र रितु कनोजियाले समान २/२ विकेट लिए ।