सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

सुटिङमा गण्डकीलाई दुई स्वर्ण

मंगलबार, बैशाख १०, २०७६खेलपाटी संवाददाता
सुटिङमा गण्डकीलाई दुई स्वर्ण
Classic Tech Internet Ad

नेपालगंज । आठौं रष्ट्रिय खेलकुद अन्तर्गत सुटिङमा सोमबार गण्डकी प्रदेशले दुई स्वर्ण पदक जितेको छ  ।

नेपालगन्ज रंगशालामा जरै प्रतियोगितामा सोमबार प्रदेश ५ र नेपाल प्रहरीले एक–एक स्वर्ण पदक हात पारेका छन् ।

गण्डकी प्रदेशले एयर पेस्तोल महिला व्यक्तिगत तर्फ र एयर पेस्तोल व्यक्तिगत पुरुषतर्फ स्वर्ण पदक जित्यो ।
प्रदेश ५ ले एयर पिस्तोल समूह र नेपाल प्रहरीले एयर राइफल समूहतर्फ स्वर्ण पदक हात पारे ।

सुटिङ्ग तर्फ एयर राइफल व्यक्तिगत महिला/पुरुष बाहेक अन्य खेल सकिएको छ । एयर राइफल व्यक्तिगत महिला/पुरुष तर्फको फाइनल खेल मंगलबार हुनेछ । फाइनलका लागि महिला/पुरुषका ८-८ खेलाडी क्वालिफाइड भएका छन् ।

प्रतियोगिताको एयर पेस्तोल समूहतर्फ प्रदेश ५ ले स्वर्ण पदक हात पारेको छ । एयर पेस्तोल समूह तर्फ प्रदेश ५ का कृष्णा थापा र बदरुद्दिन अन्सारीको समूहले ७२१ अंक हासिल गर्दै स्वर्ण पदक हात पारे । एयर पेस्तोल समूहतर्फ गण्डकी प्रदेशले रजत हात पार्यो ।

गण्डकी प्रदेशका केवि पुन र श्रेया केसीको समूह ७१९ अंक सहित दोस्रो र ७०४ अंक सहित नेपाल प्रहरी तेस्रो भयो ।
एयर पेस्तोल महिला व्यक्तिगत तर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशकी श्रेया केसीले ५५१ अंक प्राप्त गर्दै प्रथम भइन् । प्रतियोगितामा दोस्रो स्थानमा प्रदेश ५ की कृष्णा थापा भइन् । उनले ५३६ अंक प्राप्त गर्दै रजत पदक हात पारिन् भने ५३० अंक सहित तेस्रो हुँदै नेपाली प्रहरीकी सीमा तुलाधरले काँस्य पदक हात पारिन् ।

एयर पेस्तोल पुरुष व्यक्तिगत तर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशका विजय कार्की ५५६ अंक सहित प्रथम भए । खेलमा नेपाल प्रहरीका सुकदेव चौधरी ५४६ अंक सहित दोस्रो हुँदै रजत र नेपाली सेनाका कुँवेर केसी ५४६ अंक सहित तेस्रो हुँदै काँस्य पदक हात पारे । प्रहरीका चौधरी र सेनाका केसीको समान अंक भएपछि सबैभन्दा बढी फुल अंक प्राप्त गर्ने चौधरीलाई दोस्रो घोषणा गरियो ।

एयर राइफल पुरुष समूह तर्फ नेपाल प्रहरीको (ए) टोलीले स्वर्ण पदक हात पारेको छ । प्रहरीको फुलमाया क्याप्छाकी र हरिबहादुर थापाको टोली ७४५ अंक प्राप्त गर्दै प्रथम भएको हो । प्रतियोगितामा दोस्रो र तेस्रो स्थान नेपाली सेनाले हात पा¥यो । नेपाली सेनाको बि टिमका मिरा बन्जारा र सुसे चौधरीले ७४१ अंक प्राप्त गर्दै रजत र आर्मीको ए टिमका कल्पना परियार र सुजन रानामगरले ७३६ अंक हासिल गर्दै काँस्य पदक जिते ।


थापाका अनुसार, एयर राइफल पुरुष तर्फ फाइनल खेलका लागि नेपाली सेनाका सुसे चौधरी, गण्डकी प्रदेशका धन बहादुर विक, नेपाल प्रहरीका हरिबहादुर थापा, गण्डकी प्रदेशका मिलन गुरुङ्ग, नेपाली सेनाका सुजन राना मगर, प्रदेश ५ का अर्नभ घिमिरे र रामु क्षेत्री, प्रदेश ३ का दिपक थापा क्वालिफाइड भएका छन् ।


एयर राईफल महिला व्यक्तिगत तर्फको फाइनल खेलका लागि प्रहरीकी सुस्मिता नेपाल, नेपाली प्रहरीकी अस्मिता राई र फुलमाया क्याप्छाकी, नेपाली सेनाका कल्पना परियार र सीमा वन्जारा, प्रदेश २ की निशा लामा, प्रदेश ५ का सपना नेपाली र बसन्ती केसी क्यालिफाइड भएका छन् ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

Bajaj Pulsar Motorcycle Ad
‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

बायर्नले बर्लिनसँग खेल्ने

बायर्नले बर्लिनसँग खेल्ने

फेरि चम्किए हल्यान्ड

फेरि चम्किए हल्यान्ड

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

क्लासिकोको चोटलाई बिर्सिन खोज्दै बार्सिलोना

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी

बाँकेमा 'फिफा फुटबल फर स्कुल' कार्यक्रम, तीन हजार सहभागी