भैरहवा । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत तेक्वान्दोमा आईतबार ८ स्वर्ण पदकको टुंगो लागेको छ ।
भैरहवास्थित ब्याडमिन्टन कभर्डहलमा तेक्वान्दोको स्पाइरिङको पुरुष ६३ केजि मुनिमा नेपाल पुलिसका बिर बहादर महराले स्वर्ण, आर्मीका मोहन तामाङले रजत र प्रदेश २ का जेकी यादब र कर्णाली प्रदेशका दिपक शाहीले कास्य जितेका छन् ।
पुरुषकै ७४ केजि तौल मुनि आर्मीका निशान श्रेष्ठले स्वर्ण, एपिएफका निरज देउजाले रजत र पुलिसका निश्चल मान श्रेष्ठ र प्रदेश १ का नेत्र बहादुर कार्कीले कास्य प्राप्त गरेका छन् ।
पुरुष ८७ केजि तौल मुनि नेपाल आर्मीका भुपेन श्रेष्ठले स्वर्ण, नेपाल पुलिसका दिनेश हमालले रजत र सुदुरपश्चिम प्रदेशका ओमजंग सिंह र प्रदेश २ का अमित कुमार सिंहले कास्य पदक जितेका छन् ।
पुरुषकै ८० केजि तौल समुह मुनि आर्मीका सक्षम कार्कीले स्वर्ण, एपिएफका सक्षम कार्किले रजत र नेपाल पुलिसका किरण सितेकु र प्रदेश ३का बिष्णु तामाङले कास्य पदक प्राप्त गरेका छन् ।
महिला तर्फ ५७ केजिमुनि एपिएफकी गिता बिष्टले स्वर्ण, नेपाल पुलिसकी सुष्मा श्रेष्ठले रजत र प्रदेश ३ की सुस्मिता मोक्तान र प्रदेश २ की सुभेक्षा राईले कास्य पदक जितेका छन् ।
महिलाकै ६२ केजि तौलमुनि एपिएफकी संगिता बश्यालले स्वर्ण, प्रदेश २ की सिवानी श्रेष्ठले रजत र आर्मीकी मुस्कान कार्की र नेपाल पुलिसकी कंचन थापाले कास्य पदक जितेका छन् ।
६७ केजि मुनि तर्फ आर्मीकी नम्रता तुलाधरले स्वर्ण, पुलिसकी सिता तामांगले रजत र प्रदेश ५ की रामरती थारु र गण्डकी प्रदेशकी ममता गरबुजाले कास्य पदक प्राप्त गरेका छन् ।
महिलाकै ७३ केजि तौल मुनिमा नेपाल पुलीसकी सुमित्रा केसीले स्वर्ण, एपिएफकी अप्सरा कार्किले रजत र कर्णाली प्रदेशकी ईला केसी र आर्मीकी प्रतिज्ञा भण्डारीले कास्य पदक जितेका छन् ।