शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. हाईजम्प
  4. /
  5. राष्ट्रिय प्रतियोगितामा ‘ईटाली’ देशको जर्सी

राष्ट्रिय प्रतियोगितामा ‘ईटाली’ देशको जर्सी

२०१९ अप्रिल २१, आइतबारनमीन ढकाल

राष्ट्रिय प्रतियोगितामा ‘ईटाली’ देशको जर्सी

दाङ । खेल्नका लागि खेल अनुसारको पोशाक खेलकुदको न्युनतम शर्त हो । तर, आठौं राष्ट्रिय खेलकुदमा खेलाडीले खेल र शरिर अनुसारको पोशाक पाएका छैनन् ।

अझै भनौ प्रतियोगिताको आधिकारिक पोशाक खेलाडीले नपाउदाँ आठौं राष्ट्रिय खेलकुद बेरंङ्गको बनेको छ । पहिलो कुरा पोशाकै नपाउने र पाएपनि आफ्नो साईजको नपाउने समस्या यथावत छ ।

धेरै खेलाडी बाहिरी देशका पोशाक लगाएर प्रतियोगिता खेल्न बाध्य छन् । राष्ट्रिय खेल खेल्ने खेलाडीले अन्तराष्ट्रिय पोशाक लगाएर खेल्नुपर्ने बाध्यता छ ।

शनिबार दाङको बेलझुन्डीमा त्यही दृष्य देखियो । बिहानको समय महिला हाई जम्पको हिट्स चरणका खेल थिए । हाई जम्मका लागि सेन्थेटिक ट्रयाकको तयारी थिएन । विकल्पको रुपमा मैदानको पछाडीको खुल्ला चौरमा खेलहरु खेलाईने भयो ।

महिला हाई जम्पमा सात प्रदेश र दुई विभागीय टिम आर्मी र एपीएफ सहभागि थिए । त्यसमध्ये राखेपले दिलाएको जर्सी लगाउने कमै मात्र खेलाडी थिए ।

त्यस मध्यमा एक खेलाडी भने अन्तराष्ट्रिय टोलीको जर्सीमा देखा परिन् । उनी प्रदेश ६ की बिष्णु राई थिईन् ।

पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेलेकी उनले विश्वकप फुटबलमा ५ पटकको विजेता टिम ईटालीको जर्सी लगाएकी थिईन् । उनको यो रहर थिएन, बाध्यता थियो ।

राखेपले प्रतियोगितका लागि खेलाडीलाई पोशाकले दियो तर अधिकांश खेलाडीले बेसाईजका पोशाक पाएका छन् ।

राखेपले दिलाएको पोशाक ज्यादै ठुलो भएपछि उनले समेत ईटालीको जर्सी लगाउनु परेको बाध्यता सुनाईन् ।

'जर्सी नपाएर हैन, जर्सी पाएको हो तर ठिक नभएर नलगाएको हो । निकै ठुलो छ, लगाउन गाह्रो हुन्छ । त्यो लगाउनु भन्दा नलगाएको हुँ ।' उनले भनिन् ।

उनी प्रतियोगिता खेल्न दुई दिन अघि मात्रै दाङ आएकी हुन् । उनको टिम यतिबेला आयोजना स्थलबाट ७ किलोमिटरको तुलसीपुरमा बसेको छ । तर उनले प्रतियोगिता खेल्नु अघि बाहिरी देशको पोशाक लगाउन हुने की नहुने भन्ने समेत थाहा नभएको बताईन् ।

'खेल्नु अघि मैले कोचलाई पनि जानकारी गराईन । आफ्नै हिसाबले लगाएकी हुँ ।' उनले भनिन् ।

सुर्खेत घर भएकी विष्णु एक बर्ष अघिमात्र हाईजम्प खेल्न सुरु गरेकी हुन् । उनी अहिले श्री सामुदायिक माध्यामिक विद्यालयको कक्षा १० मा पढ्छिन् ।

स्कुल पढ्दा देखिनै खेल्न थालेकी राईले स्कुलमा खेल्दै गर्दा राष्ट्रिय खेलकुदमा छनोट भएको बताउँछिन् । तर उनलाई हाइ जम्पबारे धेरै प्राविधिक कुरा थाहा नभएको बताईन् ।

'मलाई यसको धेरै नियमनै थाहा छैन । गुरुले जे गर भन्यो त्यहि गरेको हो । अनुमान लगाएर खेल्छु ।' विष्णु भन्छिन्, 'स्कुलमा पनि त्यति खेलिदैन । कहिले काही प्रतियोगिता आउन लाग्यो भने खेल्ने सिक्ने गरिन्छ ।'

बालुवामा अभ्यास गर्दै राष्ट्रिय प्रतियोगिता खेल्न आएकी उनले तेस्रो चरणसम्म खेलिन् । तर माथि पुग्न सकिनन् । अघि बढ्ने तयारी समेत थिएन । उनले प्रतियोगिता खेल्न आएपछि होटल परिसरमै गुरुसंग तयारी गरेकी थिईन् । उनी स्कुल, जिल्ला र प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितमा छनोट भएकी हुन् ।

'खेल्न त गाह्रो हुँदैन, तर खेल्ने वातावरण छैन । खेल्ने स्थान छैन ।' उनि भन्छिन् 'खेल्ने ठाँउ नभएर हामी गाउँ घरमा बालुवामा खेल्छौँ । बालुवामा खेलेको भरमा राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीसँग भिड्नुपर्छ ।'

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मास्टर्स एथलेटिक्समा नेपाललाई दुई पदक

मास्टर्स एथलेटिक्समा नेपाललाई दुई पदक

अनुज र सरितालाई स्वर्ण

अनुज र सरितालाई स्वर्ण

लङजम्पमा सलिमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

लङजम्पमा सलिमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

Bhat Bhateni
नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

 भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

नेपाली टोली रातभर विमानस्थलमै सुते

नेपाली टोली रातभर विमानस्थलमै सुते

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई