संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

पथरी। विशाल घलानको निर्णयक गोलमा पाँचथर क्लब पाँचथरले संकटा क्लबलाई दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपमा पराजित गरेको छ।
सोमबार पथरी रंगशालामा भएको खेलमा पाँचथरले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेको थियो। कर्नरमार्फत आएको गोललाई पाँचथरका कप्तान रोशन आङ्गदेम्वेको हेडरलाई दोस्रो बार च्याप्दै विशाल घलानले गोल गरेका थिए।
पाँचथरका आशिष चपागाई, मौसम लिम्बू र विबेक पौडेल गरेका केही उत्कृष्ट प्रहारहरु संकटाका गोलकिपर टिकेन्द्र थापाले बचाएका थिए। दोस्रो हाफमा भने खेल केही तनावग्रत बन्यो।
मुख्य रेफ्री मनिष अघिकारीले दुवै टिमका ६ जनालाई पहेंलो कार्ड दिएका थिए। त्यस पछि दुवै पक्षले गोल गर्ने अवसर पाए पनि गोल हुन नसक्दा संकटा पहिलो खेलमै घर फर्किन पुग्यो। खेलको म्यान अफ द म्याच पाँचथरका गोलकर्ता घलान घोषित भए।
मंगलबारको खेल न्यूरोड टिम (एनआरटी) काठमाडौं र झापा ११ बीच हुनेछ।










-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)