काठमाडौं। थाइल्यान्डको चाङमाइमा जारी २९औं थाइल्यान्ड मास्टर्स एथलेटिक्समा नेपालले दुई पदक हात पारेको छ ।
नेपालको लागि मास्टर्स तर्फयो ठूलो उपलब्धि हो । नेपालका खेलाडी कृष्णप्रसाद सिग्देले लङ्जम्पतर्फ रजत पदक हात पारे।
नेपाली टोलीका व्यवस्थापक भैरव शाहीका अनुसार अर्को पदक गिर्वाणविक्रम शाहले प्राप्त गरेका हुन् । शाहले १५ सय मिटर दौडमा कास्य पदक प्राप्त गरेका हुन्।