बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लब र प्रदेश २ ले जित हात पारेका छन् ।
बाँकेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा आर्मीले प्रदेश १ लाई २७ रनले पराजित गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा अलआउट हुँदै ९५ रनमा समेटिएको थियो । आर्मीका लागि राजेश पुलामी मगरले २७ रन जोडा कुशल मल्लले २६ रन बनाए ।
यस्तै सोमपाल कामीले ११ रनमा आउट हुँदा बिनोद भण्डारी शुन्य रनमै पेवेलियन फर्किए । प्रदेश १ का दिपेश कंडेलले २ विकेट लिएका थिए ।
आर्मीले दिएको ९६ रनको झिनो लक्ष्य पछ्याएको प्रदेश १ अलआउट हुँदै ६८ रनमा समेटियो । प्रदेश १ का दिपेश कंडेल, मुकुन्द यादव र फ्रिदोष अन्सारीले समान ११/ ११ रन जोडे । आर्मीका बलर सुशन भारीले ५ तथा साहब आलमले ३ विकेट लिए ।
दोस्रो खेलमा प्रदेश २ ले प्रदेश ३ लाई २१ रनले हराएको छ ।
टस जितेर ब्याटिङ गरेको प्रदेस २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै मात्र ८६ रन बनाएको थियो । उसका लागि हरि शंकर साह र राहुल प्रताब सिंहले समान १४/१४ रन जोड्दा संसद शेखले १२ रन बनाए ।
प्रदेश ३ का संघर्ष पौडेल र सोनु तामाङ्गले समान २/२ विकेट लिए।
प्रदेश २ ले दिएको झिनो लक्ष्य पछ्याएको प्रदेश ३ ले अलआउट हुँदै ६५ रन मात्र बनाउन सक्यो । उसका लागि हेम राज पौडेलले १४ तथा सोनु तामाङ र जितेन्द्र सिंह ठकुरीले समान १२/१२ रन बनाए ।
प्रदेश २ का कुमार थापा र राहुल प्रताप सिंहले समान ३/३ विकेट लिए ।