भैरहवा । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दोको पुम्से बिधामा पुलिस क्लबले ४ स्वर्ण र १ रजत पदक जित्न सफल भएको छ ।
भैरहवामा शनिबार पुरुष एकलमा कमल श्रेष्ठ, महिला एकलमा पार्वती गुरुङ, जोडीमा कमल र पार्वतीले तथा कमल श्रेष्ठ, जित बहादुर बोट र प्रेम बहादुर लिम्बु सम्मिलित खेलाडीले टिमतर्फ स्वर्ण जितेका छन् ।
महिला तर्फको टिम ईभेन्टमा पार्वती गुरुङ, मिरा राना र निर्मला बिकको समूहले रजत पदक जितेका छन् ।
पुम्सेको महिला तर्फको टिम इभेन्टमा प्रदेश १ ले स्वर्ण पदक जितेको छ । तेक्वान्दोको पुम्से बिधाका सबै खेलहरु सकिएका छन् । अब स्पाईरीङ तर्फका खेलहरु बाकी रहेका छन् ।
शुक्रबार महिला र पुरुष तर्फ २ तौल समूहमा भएको खेलमा २ स्वर्ण पदक टुंगो लागेको थियो । जसमा पुरुष तर्फ ५८ केजी तौल समूहमा आर्मीका ज्ञानेन्द्र हमाल र महिला तर्फको ५३ केजि तलको तौल समूहमा पुलिस क्लबकी निमा गुरुङले स्वर्ण पदक जितेका थिए ।