नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आइटिएफ तेक्वान्दोमा शनिबारसम्म आर्मीले सर्वाधिक स्वर्ण पदक जितेको छ ।
नेपालगंजको महेन्द्र वहुमुखी क्याम्पसमा जारी प्रतियोगिताको एकल प्याट्रनका खेलमा आर्मीले ६ स्वर्णका साथ अग्रता कायम गरेको छ । त्यस्तै, एपिएफले ४ र प्रदेश ३ ले २ स्वर्ण प्राप्त गरेको छ ।
शनिबार ४६ देखी ५० किलो तौलमा प्रदेश ५ ले खाता खोलेको छ । नवलपरासीका सुमन मस्र्यांगीले आर्मीका पुर्ण घर्तिलाई हराउदै प्रदेश ५ को खाता खोलेका हुन् । उनले पनि स्वर्णपदक जितेका छन् । एकल प्याट्रनका खेलमा प्रदेश ४ कि सुस्मीता थापालाई हराउदै एपिएफकी अप्सना तामाङले स्वर्ण जितेकी छिन् ।
त्यस्तै, आर्मीकी हिमा खड्कालाई हराउदै एपिएफकै सन्चीता लामाले पनि स्वर्णपदक जितीन् । पुरुषतर्फको सींगल प्याट्रनमा प्रदेश ३ का सौरभ घिमीरे, आर्मीका भिम वहादुर तामाङ र आर्मीकै पुर्ण वहादुर मगरले स्वर्णपदक जितेका छन् ।
ग्रुप प्याट्रनमा भएको खेलमा महिलातर्फ आर्मीको तुलसा राजथलाको समुह र पुरुषतर्फ एपिएफकको नाम्गेल तामाङको समुहले स्वर्णपदक प्राप्त गरेको छ ।