बाँके । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शनिवार विहान भएको महिला हेन्डबलमा विभागीय टिम आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा नेपालगञ्जको प्राङ्गणमा बिहान भएको पहिलो खेलमा आर्मीले प्रदेश पाँचलाई ७–४४ को फराकिलो गोल अन्तरले हरायो ।
दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ५–८ गोल अन्तरले पाखा लगायो ।
हेन्डबलका बरिष्ठ प्रशिक्षक हिमाल दाहालले शनिबार थप तीन खेल हुने जानकारी दिएका छन् ।