दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष हाईजम्पमा आर्मीका सूर्य खत्रीले स्वर्ण जितेका छन ।
दाङको बेलझुन्डीमा शनिबार शनिबार भएको पुरुष हाईजम्पतर्फ १ दशमलव ८५ मिटर जम्प गर्दै खत्रीले स्वर्ण हात पारेका हुन् ।
नेपाल पुलिसका गोपाल चौधरी १ दशमलव ७५ मिटर जम्प रजत प्राप्त गरे । प्रदेश ३ का विकास ठकुरीले १ दशमलव ७० मिटर जम्प गर्दै कास्य जिते ।
महिलातर्फ एपीएफकी शिला चौधरीले स्वर्ण जितिन् । शिलाले १ दशमलब ५० मिटर जम्प गरिन् । आर्मीकी संगीता सिंजालीले १ दशमलब ४८ मिटर जम्प गर्दै रजत हात पारिन् ।
प्रदेश १ कि बिन्दु चौधरी र प्रदेश ५ कि अनिता चौधरीले समान १ दशमलब ३५ मिटर जम्प गर्दै कास्य जितिन् ।