आठौं राष्ट्रिय खेलकुद : ४५ स्वर्णसहित आर्मीको अग्रता
काठमाडौं । नेपाली खेलकुदको कुम्भमेला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश ५ मा जारी छ । बृहत खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबारबाट आठौंको दशौं दिनको खेल सकिएको छ ।
गत चैत २७ बाट सुरु प्रतियोगितामा शुक्रबारसम्म १२१ स्वर्णसहित कुल ४४३ पदकको टुंगो लागिसकेको छ । जसमा विभागीय टोलीले आफ्नो वर्चश्व कायम गरेका छन् ।
पदक तालिकामा हालसम्म विभागीय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ । आर्मीले ४५ स्वर्ण, ३१ रजत र २७ कास्य पदकसहित कुल १०३ पदक जितेको छ ।
यस्तै नेपाल पुलिस क्लबले २२ स्वर्ण, २० रजत र २१ कास्य पदकसहित कुल ६३ पदक जितेको छ । सशत्र प्रहरीको एपीएफ क्लबले १७ स्वर्ण, १६ रजत र २८ कास्यसहित कुल ६१ पदक जितेर तेस्रो स्थानमा रहेको छ ।
प्रदेश ३ ले ९ स्वर्ण, १५ रजत र ३३ कास्य पदक गरी ५७ पदक हात पारेको छ । गण्डकीले ६ स्वर्ण,७ रजत र १९ कास्यसहित ३२ पदक जित्दा सुदुरपश्चिम प्रदेशले ६ स्वर्ण,५ रजत र १४ कास्यसहित २५ पदक जितेको छ ।
यस्तै प्रदेश २ ले ६ स्वर्ण,६ रजत र ५ कास्यसहित १७ पदक जितेको छ ।
प्रदेश ५ ले ४ स्वर्ण,१०रजत र २४ कास्यसहित ३८ पदक, प्रदेश १ ले ३ स्वर्ण, ९ रजत र २६ कास्यसहित ३८ र कर्णाली प्रदेशले २ स्वर्ण,१ रजत र २ कास्यसहित ५ पदक जितेको छ ।

आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ ।
तालिका :
Province 1 | 3 | 9 | 26 | 38 |
Province 2 | 6 | 6 | 5 | 17 |
Province 3 | 9 | 15 | 33 | 57 |
Gandaki Province | 6 | 7 | 19 | 32 |
Province 5 | 4 | 10 | 24 | 38 |
Karnali Province | 2 | 1 | 2 | 5 |
Farwest Province | 6 | 5 | 14 | 25 |
Nepal Army | 45 | 31 | 27 | 103 |
Nepal Police | 22 | 20 | 21 | 63 |
APF | 17 | 16 | 28 | 61 |
NRNA | 1 | 0 | 3 | 4 |
Total | 121 | 120 | 202 | 443 |
