नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १९ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको प्याटर्नतर्फ पुरुष नीलो पेटीमा प्रदेश ३ का शिशीर राईले स्वर्ण जितेका छन् । प्रदेश ५ का सोनु केवतले रजत जिते ।
नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा भइरहेको प्रतियोगिताको प्याटर्नमै महिला नीलो पेटीमा आर्मीकी सुस्मिता श्रेष्ठ पहिलो र एपीएफकी सुमिता गुरुङ दोश्रो भए ।
प्रतियोगितामा सातै प्रदेश, आर्मी र एपीएफबाट २ सय २५ खेलाडीले विभिन्न २८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता बैशाख १० गतेसम्म चल्नेछ ।