काठमाडौं । नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य जुडो युनियन अफ एसिया (जेयुए) को एजुकेसन एण्ड कोचिङ डिरेक्टरमा नियुक्त भएका छन् ।
युएईमा भएको साधारणसभाले अध्यक्ष बज्राचार्यलाई ४ बर्षको लागि जुकेसन एण्ड कोचिङ डिरेक्टरमा चयन गरेको हो ।
साधारणसभाले कुवेतका ओबीद अल अन्जीलाई अध्यक्ष,भारतका मुकेश कुमार महासचिव र युएईका अमल हसन अब्दुल्लाहलाई कोषाध्यक्षमा चयन गरेको छ ।
यस्तै नेपाल जुडो संघका महासचिव धर्म कुमार श्रेष्ठ दक्षिण एसिया जुडो फेडेरेसनको महासचिवमा नियुक्त भएका छन् ।
त्यस्तै नेपाल जुडो संघका स्पोर्ट्स डिरेक्टर सुप्रसिद्ध ताम्राकार दक्षिण एसिया जुडो फेडेरेसनको स्पोर्ट्स कमिसन सदस्यमा नियुक्त भएका छन् ।