आर्मी र पुलिसको विजयी सुरुवात
बुधबार, बैशाख ४, २०७६खेलपाटी संवाददाता

नेपालगंज । प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बिजयी सुरुवात गरेका छन् ।
बुधबार भएको पुरुषतर्फको खेलमा आर्मीले प्रदेश नम्बर २ लाई ३-० को सोझो सेटमा पराजित गर्यो । आर्मीले प्रदेश २ लाई २५-१५,२५-०९ र २५-९ को सेटमा हरायो ।
पुरुषतर्फ एपीएफले प्रदेश १ लाई २५-१५,२७-२५र २५-१५ को सेटमा हरायो ।

यस्तै महिलातर्फ पुलिसले प्रदेश नम्बर १ लाई ३-० कै सेटमा हरायो । पुलिसले प्रदेश १ लाई २५-१३,२५-११ र २५-११ को सेटमा हरायो ।
महिलातर्फ नै गण्डकीले प्रदेश २ लाई २५-६,२५-७र २५-९ को सेटमा हराएको छ ।











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


