नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६ औं राष्ट्रिय जुडो अन्तर्गत टिम स्पर्धामा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।
मंगलबार नेपाल पुलिस क्लबलाई हराएर आर्मीले स्वर्ण जितेको हो । पुलिसले रजत जित्दा प्रदेश नम्बर ५ ले काश्य पदक जितेको छ ।
एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसम आर्मी र पुलिसबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्कोरअन्तरका आधारमा आर्मी अगाडि रह्यो ।
आर्मीबाट पुरुषमा जंगबहादुर सारु, पवन श्रेष्ठ र शिव बराम तथा महिलामा सुमित्रा राई, निर्मला घर्ती मगर र पुनम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा सन्जित डंगोल, श्रीराम मकाजु र रविन श्रेष्ठ तथा महिलामा मनीता श्रेष्ठ प्रधान, भावना घर्ती मगर र निशा चौधरीले खेलेका थिए ।
जुडो पुलिस च्याम्पियन बन्यो । १५ स्वर्णका लागि भएको प्रतिस्पर्धामा आर्मीले ७ स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो । दोश्रो भएको आर्मीले ६ स्वर्ण, ४ रजत ४ कांस्य हात पार्यो ।
१ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ प्रदेश ५ तेश्रो भयो । बाँकी १ स्वर्ण एपीएफले हात पार्यो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे ।