काठमाडौं । मनिता श्रेष्ठ र ईन्द्र बहादुर श्रेष्ठले एसियन जुडो च्याम्पियनसिप खेल्ने भएका छन् । दुबईमा बिहिबारबाट सुरु हुने प्रतियोगितामा नेपालबाट मनिता र ईन्द्रले प्रतिस्पर्धा गर्ने तय भएको छ । प्रतियोगिता अप्रिल १८ बाट २३ सम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका खेलाडीले सहभागिता जनाउने नेपाल जुडो संघले जनाएको छ ।
सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोटका लागि च्याम्पियनसिप महत्वपुर्ण हुने संघका सह महासचिव सुर्य नारायण श्रेष्ठले बताए ।
च्याम्पियनसिपमा खेलाडीले हासिल गर्ने एक बाउटको ५६ अंक प्राप्त हुनेछ ।
सबै भन्दा बढी अंक प्राप्त गर्ने खेलाडीले वाईल्ड कार्डमार्फत ओलम्पिक खेल्ने मौका पाउनेछन् ।
बाँकेमा भएको आठौं राष्ट्रिय खेलकुदमा मनिताले ५७ केजी र ईन्द्रले ६६ केजीमा स्वर्ण जितेका थिए ।
च्याम्पियनसिपमा एनआरएनका मोहन बमले समेत ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै सुमित्रा राईले समेत ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।
एनआरएनका बमले राष्ट्रिय खेलकुदमा ६० केजी तौल समुहमा रजत पदक हात पारेका थिए भने सुत्रिताले ४८ केजीमा पाँचौ स्थान प्राप्त गरेकी थिईन् । बम र राई व्यक्तिगत खर्चमा च्याम्पियनसिप खेल्न लागेका हुन् ।