कबड्डीमा आर्मी र एपीएफ सेमिफाइनलमा
मंगलबार, ०३ बैशाख २०७६खेलपाटी संवाददाता
नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा आर्मी, गण्डकी र एपीएफ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आर्मीले सुदूरलाई ६३–३२, गण्डकीले प्रदेश २ लाई ३७–३६ र एपीएफले प्रदेश १ लाई ६८–२५ ले पराजित गरे ।
महिलामा आर्मीले गण्डकीलाई ३६–१६, प्रहरीले प्रदेश १ लाई ७१–२२ र प्रदेश ५ ले प्रदेश २ लाई ५३–२४ ले हराउदै सेमिफाइनल यात्रा तय गरे ।
पुरुष÷महिला दुवैमा एक–एक लिग खेल हुने बाँकी छ । उक्त खेलसंगै मंगलबार सेमिफाइनल पनि हुनेछ ।







%20(1)-1769779466492.jpeg&w=3840&q=75)
-1769769455928.jpeg&w=3840&q=75)






