बुद्धिचालमा सुजना अगाडि
मंगलबार, बैशाख ३, २०७६खेलपाटी संवाददाता
बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय बुद्धिचालको महिला स्पर्धामा छैटौं चरणको खेल सकिँदा आर्मीकी सुजना लोहनी ६ अंकको अग्रता लिदै शीर्ष स्थानमा छिन् ।
प्रदेश १ की कृपा अधिकारी र आर्मीकी सिन्दिरा जोशीले समान ५–५ अंक जोडेका छन् ।
पुरुषमा ६ चरणको खेल समाप्तिसम्म पुलिसका पुरुषोत्तम चौलागाईं तथा एपीएफका क्षितिज भण्डारी समान ५–५ अंकमा पहिलो स्थानमा छन् ।
उनीहरुलाई समान ४.५–४.५ अंक जोडेका पुलिसका मदनकृष्ण कायश्थ, मनीष हमाल र सूरवीर लामा तथा आर्मीका भूपेन्द्र निरौलाले पछ्याइरहेका छन् ।







-1762154705887.png&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)