नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनको महिला टिम ईभेन्ट्समा एपिएफले स्वर्ण पदक जितेको छ ।
घोराहीस्थित कभर्डहलमा सोमबार एपिएफले आर्मीलाई २ – १ ले पराजित गर्दै स्वर्ण हात पारेको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक पाए । सुदूरपश्चिम सेना संग र प्रदेश १ एपिएफ संग समान २ – ० को सोझो सेटमा पराजित हुंदै तेश्रो स्थानमा खुम्चिन बाध्य भयो ।
पुलिस र सुदूर पश्चिम संयुक्त रुपमा तेश्रो स्थानमा रहे । एपिएफले सेमिफाईनलमा पुलिसलाई ३ – ० को सोझो सेटले पराजित गरेको हो । यस्तै आर्मीले सुदूरपश्चिमलाई ३ – १ ले पन्छाउँदै फाइनल यात्रा तय गरेको हो ।
सुदूरपश्चिमका प्रिन्स दाहालले नम्बर एक खेलाडी रत्नजितलाई २१ – १८, २१ – १४ ले पाखा लगाउँदै फाईनल प्रवेश गर्ने आशा दिलाएता पनि अन्य खेलाडीहरुले दाहालको लयलाई समात्न नसकेका कारण आर्मीलाई जित सुम्पना बाध्य भयो ।
प्रतियोगिताको पुरुष एकलमा पुलिसका पूर्ण बहादुर बोहराले प्रदेश ३ का भोज बहादुर गुरुङ्खलाई २१ – १३, २१ – १२ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।
यस्तै प्रदेश ५ का बिश्व नेपाल र पुलिसका जिवन आचार्यको जोडी पनि दोश्रो चरण प्रवेश गर्न सफल भए । बिश्वले सुदूरपश्चिमका प्रियांशु सिंह क्षेत्रीलाई ११– २१, २१– १३, २१– ६ ले तथा जीवनले प्रदेश ३ का निश्चल बस्नेतलाई २१– ७, २१– ११ ले पराजित गरे ।