काठमाडौं । गण्डकी प्रदेशकी कृष्णा थापाले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला एकलतर्फ स्वर्ण जितेकी छिन् ।
ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा सोमबार प्रदेश ३ की भावना सुनुवारलाई ३-२ को सेटमा पराजित गर्दै कृष्णाले स्वर्ण जितेकी हुन् ।
प्रतिस्पर्धात्मक बनेको खेलमा कृष्णाले भावनालाई ७-११,११-५,१३-११,७-११ र ११-७ को सेटमा पराजित गरिन् । भावनाले रजतमा चित्त बुझाउदा स्वस्थानी श्रेष्ठ र विपना ब्लोनले कास्य पदक जितिन् ।
पुरुष टिममा प्रदेश ३ पहिलो भयो । फाइनलमा प्रदेश ३ ले गण्डकीलाई २–१ ले हरायो । प्रदेश १ र एपीएफ संयुक्त रुपमा तेश्रो भए ।