काठमाडौं । प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज (सोमबार) विभिन्न ११ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
आठौं अन्तर्गत सोमबार बक्सिङ, कबड्डी, ब्याडमिन्टन, बास्केटबल, जुडो, हक्की, साइक्लिङ, लन टेनिस,बुद्दिचाल,स्क्वास र गल्फ खेलमा प्रतिस्पर्धा हुनेछ ।
सोमबार हुने खेलमध्ये एक खेलको सुरुवात हुनेछ । आठौं अन्तर्गत सोमबारबाट गल्फ काठमाडौंमा सुरु हुनेछ । स्क्वासको प्रतिस्पर्धा भने सकिनेछ ।
सोमबार बाँकेको नेपालगंजमा बक्सिङ, नेपालगंजमा जुडो र बर्दियाको ठाकुरद्वारमा बुद्दिचालको प्रतिस्पर्धा हुनेछ ।
यस्तै बिहिबार दाङको घोराही कभर्डहलमा ब्याडमिन्टन र बास्केटबल, नेपालगंजको मंगलप्रसाद उच्च माविमा पुरुष हक्की,कोहलपुरमा साइक्लिङ, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछ ।
आठौंको उद्घाटन भने बैशाख ५ गते हुनेछ । आठौंको उद्घाटन अघि विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । उद्घाटनअघि सकिने खेलमा बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराते, साइक्लिङ, फेन्सिङ र गल्फ रहेको छ ।
आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ ।
आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ ।