बर्दिया ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलातर्फ शनिबार ६ खेलाडीले समान अंक जोडेका छन् ।
मनोलिसा खुम्बु, सुजना लोहनी, सुरुची थिङ, सिन्दिरा जोशी, खुश्बु थापा र शान्ति धिमालले दोश्रो चरणको खेल समाप्तिसम्म समान २–२ अंक जोडेका छन् ।
खुश्बु र शान्ति प्रदेश १ तथा बाँकी चार आर्मीका हुन् ।
बर्दियाको ठाकुरद्वारामा भईरहेको प्रतियोगिताको खुलातर्फ एपीएफका क्षितिज भण्डारी, प्रहरीका सूरवीर लामा, प्रदेश ३ का रिजेन्द्र राजभण्डारी, प्रहरीका मनीष हमालसहित ११ खेलाडीले दोश्रो चरणको खेल सकिँदा समान २–२ अंक जोडेका छन् ।