ट्राईयाथलनमा दिपेश र सोनीलाई स्वर्ण

पोखरा । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा सम्पन्न ट्राईयाथलनमा विभागीय क्लब त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफले बर्चश्व कायम गरेका छन् ।
ट्राईयाथलन अन्तर्गत स्प्रिन्टमा ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुषतर्फ आर्मी क्लबका दिपेश चौधरीले १ घन्टा ८ मिनेट ८८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारे । यस स्पर्धामा आर्मीकै बसन्त थारुले १ घन्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै रजत पदक तथा एपिएफका नितेश मानन्धरले १ घन्टा १५ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पारे ।
ट्राईयाथलनको महिलातर्फ एपिएफ क्लबकी सोनी गुरुङले १ घन्टा २२ मिनेटमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेकी हुन् । सोहीस्पर्धामा आर्मीकी केशरी थापा मगरले १ घन्टा २९ मिनेट ३० सेकेण्डमा दुरी पार गर्दै रजत पदक तथा गण्डकी प्रदेशकी जमुना थापाले २ घन्टा ३० सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पार्न सफल भईन् ।
दुआथोलन स्प्रिन्टमा पुरुषतर्फ एपिएफ क्लबका लक्ष्मण मल्लले १ घन्टा १ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेका छन । सोही प्रतियोगितामा नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी १ घन्टा १ मिनेट ५८ सेकेण्डमा पार गर्दै रजत र एपिएफका किरण कुमार मल्लले १ घन्टा ४ मिनेट १६ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक जितेका छन् । उक्त स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ र पुनः २.५ किलोमिटरको दौड हुने गर्छ ।
दुआथलन महिला स्प्रिन्टमा एपिएफकी हुमी बुढामगरले १ घन्टा १६ मिनेट १७ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पारेकी छिन् । यसै गरि नेपाल आर्मीकी निर्जला ताम्राकारले १ घन्टा १७ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै रजत र एपिएफकी शकुन्तला बुढामगरले १ घन्टा २९ मिनेट ४६ सेकेण्डमा दुरी पारगर्दै काश्य पदक हात पारिन ।
दुआथलन महिला तर्फ स्वर्ण र काश्य पदक जित्ने हुमी र शकुन्तला दिदी बहिनी हुन् । उनीहरु दुबै जना अल्ट्रा धाविकाको रुपमा आफूलाई स्थापित गरिसकेका छन् । कक्षा १२ मा अध्ययनरत हुमी सन २०१८ हङकङमा सम्पन्न अल्ट्रा रेसकी बिजेता समेत हुन भने उनी अब दुई महिना पछि हुने ५० किलोमिटर अल्ट्रा रेसमा सहभागिताका लागि जापान जाने तयारी समेत गर्दैछिन ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश मुख्यमन्त्रि पृथ्बी शुब्बा गुरुङले यस प्रकारका प्रतियोगिताहरुले खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए । बिजेता खेलाडीलाई गण्डकी प्रदेश सांसद, अर्थ तथा बिकास समितीका अध्यक्ष दिपक कोइराला, नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, कास्की जिल्ला ट्राइयाथलन संघका अध्यक्ष सुमन देबकोटा लगाएतले बिजेता खेलाडीलाई मेडल प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।







-1762154705887.png&w=3840&q=75)







