नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद बुद्धिचालको पुरुष ब्लिजमा नेपाल पुलिसका मदनकृष्ण कायश्थले स्वर्ण जितेका छन् ।
प्रदेश १ का राजन सुवेदीले रजत तथा सुमन राईले कांस्य जिते ।
सो स्पर्धाको महिलामा आर्मीकी सुजना लोहनी, आर्मीकै सिन्दिरा जोशी र प्रदेश ३ की अनिशा न्यौपाने क्रमशः शीर्ष तीन स्थानमा रहे ।
बर्दियाको ठाकुरद्वारामा भइरहेको प्रतियोगितामा ५२ पुरुष र २६ महिला खेलाडी सहभागी छन् । बैशाख ५ गतेसम्म चल्ने प्रतियोगितामा पुरुष-महिलामा समान ३–३ गरी ६ स्पर्धा समावेश छन् ।