नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीमा नेपाल पुलिस क्लबले लगातार दोश्रो जित हात पारेको छ ।
नेपालगन्जस्थित मंगलप्रसाद माविमा प्रहरीले प्रदेश नम्बर ३ लाई ३–० गोलले पराजित ग¥यो । पुलिसको जितमा रोमन राणाले २ तथा राजेन्द्र कार्कीले १ गोल गरे ।
अर्को खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर २ ले १–१ गोलको बराबरी खेले । ३९ औं मिनेटमा गण्डकीका राजन नेपालीले १ गोल गरे । ५१ औं मिनेटमा प्रदेश २ का अर्जुन खड्काले बराबरी गोल फर्काए ।
प्रदेश नम्बर ५ ले कर्णाली प्रदेशलाई ७–० गोलले हराउदै लगातार दोश्रो जित आत्मसाथ ग¥यो । मोहम्मद शेख र मनीष गुरुङले २–२ गोल गरे भने अमन कुमार, सोनु लामा र रविकान्त कुमारले १–१ गोल थपे ।