नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल पुलिस क्लब विजयी भएको छ । पहिलोपटक हक्कीमा सहभागिता जनाएको पुलिसले गण्डकी प्रदेशलाई ५–० गोलले पराजित गरेको हो ।
पुलिसका लागि पाँचै गोल रोमन राणाले गरे ।
रोमन पुलिसमा आउनु अघि गण्डकीबाटै खेल्थे । गत माघमा झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीमा नेपाल आर्मीलाई हराउँदै उपाधि जित्दा रोमन गण्डकी टिमका मुख्य खेलाडी थिए ।
अन्य खेलमा साविक विजेता आर्मीले सफलता प्राप्त ग¥यो । आर्मीले प्रदेश नम्बर २ लाई १–० गोलले हराउदै लगातार दोश्रो जित हात पार्यो । आर्मीको जितमा राम शाहले निर्णायक गोल गरे ।