काठमाडौं । आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत हक्कीको खेल तालिका सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको तालिका अनुसार समूह ए मा नेपाल आर्मी, गण्डकी प्रदेश, प्रदेश नंम्बर २, ३ र नेपाल पुलिसको टोली रहेको छ ।
समूह बी मा प्रदेश नंम्बर ५, १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश टोली रहेका छन् ।
प्रतियोगिताको पहिलो दिन तीन खेल हुने भएको छ ।
मुख्य प्रशिक्षक शर्माका अनुसार बुधवार विहान ७ बजे पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिसबीच हुने भएको छ ।
दोस्रो खेल प्रदेश नंम्बर २ र प्रदेश नंम्बर ३ बीच तथा तेस्रो खेल प्रदेश नंम्बर ५ र प्रदेश नंम्बर १ बीच हुनेछ ।
चैत २८ मा हुने पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश नंम्बर २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।
चैत २९ मा गण्डकी प्रदेश र २ नम्बर प्रदेशबीच हुने भएको छ भने दोस्रो खेल नेपाल पुलिस र ३ नंम्बर प्रदेशबीच प्रतिष्पर्धा हुने छ ।
त्यसैगरि, तेस्रो खेल ५ नम्बर प्रदेश र कर्णाली प्रदेशबीच हुने भएको छ ।
बैशाख ४ सम्म संचालन हुने प्रतियोगितामा ३० चैतमा प्रदेश नंम्बर ५ र सुदूरपश्चिम प्रदेश, प्रदेश नंम्बर १ र कर्णाली प्रदेशबीच दोस्रो र नेपाल आर्मी र प्रदेश नंम्बर ३ बीच तेस्राे खेल हुने भएको छ ।
बैशाखको पहिलो दिन पहिलो खेलमा नेपाल आर्मी र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेल गण्डकी प्रदेश र ३ नंम्बर प्रदेशबीच तथा तेस्रो खेलमा १ नम्बर प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ । बैशाख २ मा एउटा खेल मात्र हुनेछ ।
सो दिन प्रदेश नम्बर २ र नेपाल पुलिसबीच खेल हुनेछ ।
बैशाख ३ बाट सेमीफाइनलका खेल हुने छ ।
बैशाख ४ गते फाईनल खेल हुनेछ ।