काठमाडौं । आठौं राष्ट्रिय खेलकुद अन्तर्गतको ट्रायथोलनको खेल गण्डक प्रदेशमा आयोजना गरिने भएको छ । पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौंको ट्रायथोलन र प्याराग्लाईडिङ पोखरामा आयोजना हुने भएपछि गण्डक प्रदेश समेत राष्ट्रिय खेलकुदमा समावेश हुने भएको हो ।
पूर्वाधारका अभावका कारण प्याराग्लाईडिङ पोखरामा हुने भएकोमा ट्रायथोलनलाई समेत सोही क्षेत्रमा सारिएको छ । अब राष्ट्रिय खेलकुदका दुई खेल पोखरामा सञ्चालन गरिनेछ ।
नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले नेपालगञ्जमा हुने भनिएको ट्रायथोलन पोखरामा सारिएको जानकारी दिए ।
प्रतियोगिता चैत ३० गते हुने सुरु हुनेछ ।
‘हामीले प्रदेश ५ को परेवा तालमा ट्रायथोलन गर्ने भनेका थियौ । तर सो स्थानमा धार्मिक लगायत अन्य विविध कारणले पोखरामा गर्ने सोच बनाएका हौं ।’ अध्यक्ष श्रेष्ठले भने ।
ट्रायथोलनका लागि १५ सय मिटरको पौडी पोखरी आवश्यक रहेको भन्दै उनले उचित स्थलको रुपमा पोखरा चयन गरिएको बताए ।