काठमाडौं । प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलहरु चैत २७ गतेबाट सुरु हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै आठौं राष्ट्रिय खेलकुदको खेलहरु चैत २७ बाट सुरु हुने जानकारी गराएको छ ।
प्रतियोगिता आगामी बैशाख ५ गतेबाट ११ गतेसम्म हुनेछ । तर, प्रतियोगितालाई मध्येनजर गर्दै राखेपले खेलहरु भने २७ गतेबाटै सुरु हुने जनाएको छ ।
प्रतियोगितामा ३५ खेलहरुमा प्रतिस्पर्धा हुनेछ ।