काठमाडौं । प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांस खेलहरु बाँके जिल्लामा हुने भएको छ ।
आगामी बैशाखमा आयोजना हुने प्रतियोगिताको नयाँ मिति सार्वजनिक भएसंगै राष्ट्रिय खेलकुद परिषद राखेपले खेल हुने जिल्ला र खेलअवधि वर्गिकरण गरेको छ । जसमा अधिकांस खेल बाँकेमा परेको छ । तालिका अनुसार बाँकेमा १७ खेल हुनेछ ।
बैशाख ५ मा औपचारिक उद्घाटन गरिने प्रतियोगिता अन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबल टेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हकी, सुटिङ, जिम्न्याष्टिक, साईकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन, पुरुष क्रिकेटका खेल हुनेछन् ।
त्यस्तै, दाङमा ७, रुपन्देहीमा ४, बर्दियामा ४, ललितपुर, कास्की, कपिलबस्तु र काठमाडौंमा एक एक खेल आयोजना गरिनेछ । दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आईटीएफ तेक्वान्दो, महिला क्रिकेटका खेल हुनेछन् ।
यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लन टेनिस, तेक्वान्दोका खेल सम्पन्न गरिनेछ । बर्दियामा कबड्डी, बुद्विचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ।
ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्याईडिङ, कपिलबस्तुमा कुस्ती र काठमाडौंमा गल्फ प्रतियोगिता सञ्चालन गरिने राखेपले जनाएको छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन नेपालगञ्जको रंगशालामा गरिनेछ ।