नेपालगञ्ज । नेपालगन्ज रंगशालामा भिआइपी प्याराफिट जडानको कामलाई तिव्र रुपमा अघि बढाइएको छ ।
प्याराफिटको अन्य प्रावधिक कामसंगै ठडाउने कामलाई पनि अघि बढाइएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् ।
१० दिन भित्र भिआइपी प्याराफिट निर्माण सक्ने गरी काम थालनी गरिएको खेलकुद विकास समिति प्रदेश नम्बर ५ का अध्यक्ष भिम वलीले बताए ।
प्राविधिक इन्जिनियर समयमै प्याराफिट निर्माण गर्ने उदेश्यका साथ दिनरात खटिएको अध्यक्ष वलीको भनाई छ ।
चैत्र २७ गते आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने लक्ष्य अनुरुप कामलाई तिव्रता दिईएको राखेपले जनाएको छ ।