काठमाडौं । हङकङमा हुने तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडी अजितकुमार यादवले प्रतिस्पर्धा गर्ने भएका छन् ।
शुक्रबारदेखि सुरु प्रतियोगितामा अजितले ३ हजार किलोमिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । उनको स्पर्धा भने मार्च १७ तारिखमा हुनेछ । यो स्पर्धामा अजितको व्यक्तिगत उत्कृष्ट प्रदर्शन ८ मिनेट ४४ सेकेन्ड रहेको छ ।
प्रशिक्षकको भूमिकामा धनीराम चौधरी पनि अजितसंगै शुक्रबारै हङकङ जाने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौलाले एक कार्यक्रमबीच बिदाइ गरिन् ।