बुधबार, १६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

आर्मीका नरेश र एपीएफकी माला क्वाटरफाइनलमा

बिहिबार, १४ असार २०७५खेलपाटी संवाददाता
आर्मीका नरेश र एपीएफकी माला क्वाटरफाइनलमा
Classic Tech Internet Ad

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबका नरेश थापा र किरण राना मगर राजधानीमा जारी प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगिताको  पुरुष ६५ केजी तौल समूहमा आर्मीका नरेशले उदयपुरका सुजन राई र किरणले   अल्टिमेटका विशाल बस्नेतलाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गरे । यसै तौल समूहमा आश्रित बोहोराले नक्सालका छिरिङ शेर्पा र बुद्धि सागर गुरुङले सल्यानका मिलन बुढालाई हराउँदै क्वार्टरफाइनलमा पुगे । आर्मीका सुरेश नेपाल भने एपीएफका सोनम सार्कीसँग पराजित भए । यही तौलसमूहमा चितवनका सागर कुमालले दाङका रमेश थापामगरलाई हराए ।

प्रतियोगिताको महिलातर्फ बिहीबार दुई तौलसमूहको प्रतिस्पर्धा भएको थियो । जसमा महिलाको ५१ केजी तौलसमूहमा एपीएफकी माला राईले क्वाटरफाइनलमा स्थान पक्का गरिन् । मालाले उदयपुरकी सुजाता भूजेललाई हराउदै क्वाटरफाइनल यात्रा तय गरेकी हुन् । यसै तौल समूहमा आर्मीकी गीता कुमारी थापाले कैलालीकी  सुष्मा तामाङ र नक्सालकी रोशनी राईले सुनसरीकी प्रभा निरौलालाई पराजित गर्दै  क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

महिला ४८ केजी तौलसमूहमा भक्तपुरकी अस्मिता दुवालले मकवानपुरकी सुष्मा गुरुङ र एपीएफकी सावित्री तामाङले भक्तपुरकी सुष्मा खड्कालाई हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

प्रतियोगिता अन्तर्गत नै पुरुष ६० केजी तौलसमूहमा कञ्चनपुरका रामबहादुर थापाले चितवनका टेकन बुढामगर, चितवनका आकाश सुवेदीले झापाका तोविन प्रधान, झापाका प्रकाश लिम्बुले नक्सालका सुभम लिम्बु, एपीएफका सुमन कार्कीले टेक्निकल फिटनेशका जेनिश राई, आर्मीका दानबहादुर दर्लामीले बानुजका कर्मा तेञ्जिङ गुरुङ, मेघदूतका सकेन्द्र शाक्यले आर्मीमा पवन अली, मेघदूतकै सलेन शाहीले काठमाडौंका सुमन बज्राचार्य र नक्सालका किशोर शर्माले कैलालीका आशिष विष्टलाई हराएर क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन् ।

पुरुष ५६ केजीमा कास्कीका दिनेश बानियाँले नक्सालका मिग्मा ग्याल्जेन शेर्पा, रामेछापका सुमन नेपालीले सुर्खेतका प्रकाश तामाङ, झापाका जितेन्द्र राईले उदयपुरका विमल भूजेल, कञ्चनपुरका महेन्द्र चन्दले सुनसरीका शिव राई, एपीएफका पुरन राईले दाङका प्रेम चौधरी, आर्मीका बाबुराम मगरले आर्मीकै राजु पुन, झापाका सुरेन्द्र राईले रामेछापका फूर्वा शेर्पा र आर्मीकै नरेश देवानले आर्मीकै पुरन सुनुवारलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

त्यस्तै पुरुष ५२ केजीमा दाङका होमराज न्यौपानेले झापाका अंकित मगर, आर्मीका बिकाश राईले झापाका भुगोल लिम्बु, आर्मीका डोलबहादुर चौधरीले आर्मीकै धिरज सिंह क्षेत्री, कास्कीका केशव नेपालीले कास्कीकै दिनेश गुरुङ, एपीएफका बिक्रम परियारले दाङका सिद्धान्त रावत र आर्मीका सुदीप श्रेष्ठले सल्यानका जनकबहादुर रोका मगरलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरे ।

पुरुषकै ४९ केजी तौलसमूहमा एपीएफका प्रदीप महर्जनले तेज पुनमगरलाई पराजित गरी क्वार्टरफाइनलमा स्थान बनाएका छन्  ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

Bajaj Pulsar Motorcycle Ad
टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष  बैठक छाडेर निस्किए !

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष बैठक छाडेर निस्किए !

 प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी  क्वार्टरफाइनलमा

प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

भीएआरसँग हार्‍यो युनाइटेड

भीएआरसँग हार्‍यो युनाइटेड