काठमाडौं । तेस्रो संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड चैत पहिलो साता नुवाकोटमा आयोजना हुने भएको छ ।
आयोजक बेलकोटगढी वडा नम्बर पाँचले आइतबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको प्रतियोगितामा चैत २ गते कोल्पुटारमा आयोजना हुने जनाएको छ ।
नेपाल एथलेटिक्स एसोसियसनको प्राविधिक सहयोगमा हुने क्रस कन्ट्री दौड १३ दशमलब ४ किमिको हुने संयोजक मोहन नेपालले जानकारी गराए । जसमा ४.५ किमी उकालो, २ किमी समथर र बाँकी ओरालो रहने छ । यस्तै छात्रा र छत्रलाई मध्ये नजर राख्दै ४.५ किमिको दौड समेत हुनेछ ।
प्रतियोगिताको क्रस कन्ट्री दौडको पुरुष र महिलातर्फको विजेताले २५ हजार, दोस्रोले १५ र तेस्रो हुनले १० हजार पाउने छन् । दौडमा अघिल्लो विजेताको दौड समयको रेकर्ड भङ्ग गर्नेलाई थप पाँच हजार उपलब्ध गराइने छ ।
छात्रा र छात्रतर्फ विजेताले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार पाउने छन् ।
क्रस कन्ट्री रेस कोल्पुटारबाट सुरु भै बेलिनी खड्गछाप, माझी गाउ, लामाटार हुँदै पुन:कोल्पुटार आएर सकिने छ ।
गत संस्करण पुरुषतर्फ भूमिराज राई र महिलातर्फ कान्छी माया कोजुले उपाधि जितेका थिए ।