बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

अजित र राजपुरालाई स्वर्ण

शनिबार, १८ फाल्गुण २०७५खेलपाटी संवाददाता
अजित र राजपुरालाई स्वर्ण
Classic Tech Internet Ad

काठमाडौं । एपीएफ क्लबका अजितकुमार यादव र नेपाल प्रहरीकी राजपुरा पछाईं मदन भण्डारी स्मृति ५ किलोमिटर सडक दौडमा शनिबार पहिलो भएका छन् । खुलातर्फ पुरुषमा अजित र महिलामा राजपुराले स्वर्ण जितेका हुन् ।

अजितले निर्धारित दूरी तय गर्न १५ मिनेट ४९.१ सेकेन्ड समय खर्चे । दोश्रो तथा तेश्रो स्थानमा पनि एपीएफकै खेलाडी रहे । सन्तोषविक्रम विष्ट (१५ मिनेट ५९.८ सेकेन्ड) दोश्रो तथा खिमबहादुर खत्री (१६ मिनेट ३७.९ सेकेन्ड) तेश्रो भए ।

राजपुराले दौड पूरा गर्न १८ मिनेट १७ सेकेन्ड समय निकालिन् । काठमाडौंकी सन्तोषी श्रेष्ठ (१८ मिनेट २३.७ सेकेन्ड) ले रजत तथा एपीएफकी फुलमति रानाले (१९ मिनेट २१.१ सेकेन्ड) ले कांस्य जिते । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लबद्वारा संयुक्त आयोजित दौडको स्कुलतर्फ छात्रमा सिग्मा प्रवीणकुमार बोहरा पहिलो, जेसिजका सागर श्रेष्ठ दोश्रो र श्री गणेशका नवीनकुमार कार्की तेश्रो भए । उक्त स्पर्धाको छात्रामा प्राइम ग्लोबलकी जुनिल सुनुवारले स्वर्ण, जेसिजकी श्रयस्का सिल्पकारले रजत र पञ्चकन्याकी सोनु घतामीले कांस्य हात पारे । दुवै स्पर्धाका विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेश्रोलाई ५ हजारका दरले नगद पुरस्कार प्रदान गरियो । दौड लैनचौरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक एकेडेमीका महासचिव वचन देउजा, प्रतियोगिता संयोजक सन्तोष श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी र सागको म्याराथनमा लगातार तीन स्वर्ण जितेका पूर्व धावक वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरिएको थियो । सदस्य–सचिव विष्टले दुवैलाई समान १०–१० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरे ।

करातेका पर्शुराम बाँस्तोला, दीपक श्रेष्ठ र महेश रन्जित, डा. खगेन्द्रबहादुर श्रेष्ठ, फुटबलका मुकेश शाही र अन्जित बस्नेत, तेक्वान्दोका विधान लामा, भेट्रान धावक रामकृष्ण महर्जन तथा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष रामकृष्ण श्रेष्ठलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

Bajaj Pulsar Motorcycle Ad
सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

नसारको जितमा रोनाल्डोको असिस्ट

नसारको जितमा रोनाल्डोको असिस्ट

धिरोजको कप्तानीमा  बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

धिरोजको कप्तानीमा बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

नवौं एनभीए  च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

नवौं एनभीए च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

डेलाप र एस्टेभाओको पुनरागमन

डेलाप र एस्टेभाओको पुनरागमन

मजर भन्छन्– रुकुमलाई उपाधि  जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

मजर भन्छन्– रुकुमलाई उपाधि जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक