काठमाडौं । मदन भण्डारी स्मृति रोड रेसको तयारी पूरा भएको आयोजकलले जनाएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लबको संयुक्त आयोजनामा रेस शनिबार हुँदैछ ।
रेसमा खुलातर्फ पुरुष÷महिला तथा स्कुलतर्फ छात्र÷छात्राको ५ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । खुलमा शीर्ष तीन स्थान हासिल गर्नेले क्रमशः २० हजार, १५ हजार र १० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । स्कुलतर्फ पहिलोलाई १५ हजार, दोश्रोलाई १० हजार र तेश्रोलाई ५ हजारका दरले नगदबाट पुरस्कृत गरिने छ ।
खुलामा ४ सय तथा स्कुलमा ८ सय गरी करिब १ हजार २ सयको सहभागिता रहने रेस संयोजक सन्तोष श्रेष्ठले जनाएका छन् ।
रेस लैनचौरबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः लैनचौरमै आएर टुंगिने छ ।
समापनका अवसरमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी र सागमा लगातार ३ स्वर्ण जितेका पूर्व धावक वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।