काठमाडौं । मिक्स मार्शल आर्ट (एमएमए) खेलाडी सन्तोष साउद क्षेत्री र एलिशा खड्की सम्मानित भएका छन् ।
अखिल नेपाल खेलकुद सघको आयोजनामा आज राजधानीमा आयोजित प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिताको उद्घाटन दौरान सन्तोष र एलिशा सम्मानित भएका हुन् ।
सन्तोष र एलिशाले गत महिना भारतको दिल्लीमा सम्पन्न अन्तर्रा्ष्ट्रिय मिक्स मार्शल आर्ट्स एचएफसि च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त गरेका थिए । उनीहरुलाई गृहमन्त्री रामबहादुर थापा “बादल“ले सम्मानित गरेका हुन् ।
खेलाडीलाई सम्मान गर्दै माननीय गृहमन्त्री बादलले खेलाडी सधै अन्तर्रा्ष्ट्रिय जगतमा सद्भावना दुत रहेको र मुलुकको गरिमा जोगाउन महत्त्वपूर्ण रहेको धारणा ब्यक्त गरे ।