पोखरा । आठौं राष्ट्रिय खेलकुदका लागि पोखरामा शुक्रबारबाट गण्डकी प्रदेशको प्रदेश स्तरीय खेलाडी छनोट सुरु भएको छ ।
प्रदेश ५ मा आयोजना हुने राष्ट्रिय खेलकुदका सुरु छनोटको १० किलोमिटर दौडको पुरुषतर्फ बागलुङका श्याम शेरचनले स्वर्ण पदक हात पारेका छन् । उनले उक्त दुरी ३५ मिनेट २०.४ सेकेण्डमा दौड पुरा गरे ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा छनोटको १० किमीतर्फ पर्वतका प्रकाश कुवरले ३५ मिनेट ४९.५ सेकेण्डमा पुरा गर्दै रजत र तनहुँका सुरेन्द्र चापागाईले ३६ मिनेट ४.९ सेकेण्डमा पुरा गर्दै कास्य पदक जिते ।
महिलातर्फ १० किलोमिटर दौडमा नवलपुरकी डोलमाया महतोले ४५ मिनेट ५५.३ सेकेण्डमा पुरा गर्दै प्रथम भएकी छन । दोश्रो भएकी म्याग्दीकी शोनिया बरुवाल ५१ मिनेट ४५.६ सेकेण्ड र तेश्रो भएकी स्याङजाकी दिया गैरेले ५२ मिनेट ३०.६ सेकेण्डमा पुरा गरिन ।
यसै गरि १०० मिटर दौडमा नवलपुरका प्रकाश रानामगरले ११.३ सेकेण्डमा दुरी पारा गर्दै स्वर्ण पदक जिते भने कास्कीका सुदिप जोशीले ११.३ सेकेण्ड र म्याग्दीका सुजन थिनालले १२.२ सेकेण्डमा दौड पुरा गर्दै क्रमश काश्य र रजत पदक जितेका छन ।
महिला १०० मिटर दौडमा नवलपुरकी कल्पना श्रेष्ठले १४.२ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण, कास्कीकी अनिशा भण्डारीले १४.४ सेकेण्डमा दौड पुरागर्दै काश्य र लमजुङकी रेजिना क्मालले १४.९ सेकेण्डमा दुरी पार गर्दै कास्य जितिन ।
पुरुष १५०० मिटर दौडमा कास्कीका स्माइल भण्डारीले ४ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेका छन । सोही स्पर्धामा बागलुङका मन बहादुर बुढाले ४ मिनेट ३९ सेकेण्ड र पर्वतका प्रकाश कुवरले ४ मिनेट ४२ सेकेण्डमा दुरी पार गर्दै क्रमश रजत र कास्य पदक हात पारे ।
महिला १५०० मिटरमा कास्कीकी ललिता लामिछानेले ५ मिनेट ४४ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी छन भने स्याङजाकी जानकी खनालले ५ मिनेट ५५ सेकेण्ड र नवलपुरकी मालती चौधरीले ६ मिनेट ८ सेकेण्डमा दुरी पार गर्दै क्रमश रजत र कास्य पदक जिते ।
सटपुट पुरुषतर्फ सम्पन्न प्रतियोगितामा नवलपुरका बिनोद थनेतले स्वर्ण जितेका छन भने गोर्खाका निशान गुरुङ र नवलपुरका निरज महतोले क्रमश रजत र कास्य जिते । महिला सटपुटमा कास्कीकी शोनु नेपालीले स्वर्ण पदक जितिन भने तनहुँकी सुमित्रा थापा र मनाङकी कन्या कुमारी गुरुङले क्रमश रजत र कास्य पदक हासिल गरे
हाइजम्प पुरुष तर्फ कस्कीका सागर नेपालीले स्वर्ण पदक जितेका छन । यसैगरि लमजुङका अदित्य थापाले रजत र नवलपुरका समिर महतोले कास्य पदक जिते । महिला हाइजम्पमा कुशुम रानामगरले स्वर्ण, शविना परियारले रजत तथा लमजुङकी लक्ष्मी परियारले कास्य पदक जितिन ।