बुधबार, १० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फुटबल जगत रुने रात!

बिहिबार, १८ असार २०८३खेलपाटी संवाददाता
 फुटबल जगत रुने रात!
Loading ad...
mustang rice ad

मैदानमा अन्तिम सिटी बज्नेबित्तिकै एउटा टोली जितको उत्सवमा रमाउनेछ भने अर्को टोलीको विश्वकप यात्रा टुंगिनेछ।

तर‚ शुक्रबारको खेल जित वा हारको कथा मात्र होइन। फुटबल जगत् सम्भवतः आफ्ना दुई महान् हस्तीमध्ये एकलाई राष्ट्रिय टोलीको जर्सीमा अन्तिमपटक हेर्ने क्षणको संघारमा उभिएको छ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो वा क्रोएसियाका कप्तान लुका मोड्रिचमध्ये एकको विश्वकप यात्रा समाप्त हुने निश्चित छ। त्यसैले यो खेल अन्तिम ३२ को प्रतिस्पर्धा मात्र होइन, दुई युगका महान् खेलाडीमध्ये एकको अन्तर्राष्ट्रिय यात्राको भावनात्मक अध्याय पनि बन्न सक्छ।

ronaldo-modrich-2-20260702205147 (1)

४१ वर्षीय रोनाल्डो र ४० वर्षनजिक पुगेका मोड्रिच दुवै आफ्नो करिअरको अन्तिम चरणमा छन्। यी दुईले रियल मड्रिडमा एउटै ड्रेसिङ रुम सेयर गर्दै युरोपेली फुटबलमा स्वर्णिम इतिहास रचे।

सन् २०१२ देखि २०१८ सम्म उनीहरूले स्पेनिस क्लबका लागि २२२ खेल खेल्दै १३ उपाधि जिते। यस अवधिमा टोलीले चार पटक यूईएफए च्याम्पियन्स लिग, दुई–दुई पटक ला लिगा र कोपा डेल रे तथा तीन–तीन पटक फिफा क्लब विश्वकप जितेको थियो।

रोनाल्डोले पोर्चुगललाई युरो च्याम्पियन बनाइसकेका छन्। अब उनी विश्वकपको उपाधिसहित आफ्नो गौरवपूर्ण अन्तर्राष्ट्रिय करिअरलाई पूर्णता दिन चाहन्छन्।

Cristiano_Ronaldo_(L),_Luka_Modric_(R)_-_Croatia_vs._Portugal,_10th_June_2013_(cropped)

अर्कोतर्फ मोड्रिचले सानो राष्ट्र क्रोएसियालाई २०१८ विश्वकपको फाइनलसम्म पुर्‍याएर इतिहास रचेका थिए। उनी पनि आफ्नो देशलाई फेरि एकपटक ठूलो सफलताको नजिक पुर्‍याउने लक्ष्यसहित मैदान उत्रिनेछन्।

तर‚ विश्वकपको नकआउट चरणमा भावनाका लागि ठाउँ हुँदैन। यहाँ एउटा टोली अगाडि बढ्छ भने अर्को टोलीको यात्रा त्यहीँ समाप्त हुन्छ। त्यसैले आजको खेलपछि यी दुई महान् फुटबलरमध्ये एकको विश्वकप सपना अन्त्य हुनेछ।

अन्तिम सिटीपछि हार्ने खेलाडीको आँखाबाट झर्ने आँसु व्यक्तिगत पीडाको प्रतीक हुने छैन, त्यो क्षणले विश्वभरका करोडौं फुटबल समर्थकलाई भावुक बनाउनेछ।

imago1078961023-1024x683

टेलिभिजनका पर्दादेखि रंगशालाको दर्शकदीर्घासम्म सबैको ध्यान स्कोरबोर्डभन्दा पनि दुई महान् खेलाडीको अनुहारमा केन्द्रित हुनेछ।

विश्वकप फुटबलको सबैभन्दा कठोर सत्य यही हो। यसले दुवैलाई सँगै अगाडि बढ्ने अवसर दिँदैन। त्यसैले आजको रात एउटा टोलीको जितको कथा होइन, फुटबल इतिहासका एक महान् अध्यायको सम्भावित अन्त्यको रात पनि हुन सक्छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

Loading ad...
xTreme Energy Drink
कुस्ती टोली किर्गिस्तान  जाने

कुस्ती टोली किर्गिस्तान जाने

कुशलको अर्धशतकमा नेपालको दोस्रो जित

कुशलको अर्धशतकमा नेपालको दोस्रो जित

 टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

नेपाल र एसीटी भिड्दै

नेपाल र एसीटी भिड्दै

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

वियंकालाई स्वर्ण

वियंकालाई स्वर्ण

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने