कुशलसहित ७ खेलाडी पोखरामा रिटेन
आइतबार, ३१ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। पोखरा एभेन्जर्सले आगामी नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि ७ खेलाडी रिटेन गरेको छ।
पोखराले आइतबार मार्की कुशल भुर्तेलसहित ७ खेलाडीलाई रिटेन गरेको जानकारी दिएको हो। भुर्तेलबाहेक पोखराले स्पिनरद्वय विपिन खत्री र सागर ढकाल, पेसर आकाश चन्द, विकेटकिपर ब्याटर अर्जुन कुमाल, अलराउन्डर किरण ठगुन्ना र ब्याटर दिनेश खरेललाई रिटेन गरेको हो।
टोलीले कृष्ण पौडेल, त्रित राज दास, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री तथा रोहित चन्दलाई रिलिज गर्ने निर्णय गरेको छ।







-1785341744464.jpeg&w=3840&q=75)


-1785576703600.jpeg&w=3840&q=75)




