रुविना र सीता चल्दा भुटानलाई मध्यम लक्ष्य
बिहिबार, २१ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। रुविना क्षेत्री र सीता रानामगरको ४० रनको साझेदारीसँगै नेपालले एसीसी महिला प्रिमियर कपमा भुटानलाई ११४ रनको मध्यम लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सबै गुमाएर ११३ रन बनाएको हो।
नेपालकी सीताले सर्वाधिक ३७ रन बनाइन्। २८ बल खेलेकी उनले ६ चौका प्रहार गरिन्। रुविनाले भने २१ बलमा ३ चौकासहित २४ रन बनाइन्।
यी दुईबीच आठौं विकेटका लागि ३१ बलमा ४० रनको साझेदारी भएको थियो।
सोनी पाख्रिन ११३ र सम्झनाकुमारी खड्का १० रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्।














