नेपालले जर्सीसँग अभ्यास खेल खेल्ने
बुधबार, २० जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ को जारी चक्रको अन्तिम अन्तिमतिर पुगेको नेपालले जर्सीसँग अभ्यास खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेदरल्यान्ड्स भ्रमणमा जानुअघि टोलीले जर्सीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्न लागेको हो।
यद्यपि, यो खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने छैन। खेल १३ र १५ जुलाईमा हुने क्यानले जनाएको छ।
यी दुई अभ्यास खेल सकिएसँगै नेपालले लिग २ को शृंखलाका लागि नेदरल्यान्ड्सको भ्रमण गर्नेछ। उक्त भ्रमणमा नेपालले घरेलु टोलीसँगै नामिबियासँग खेल्नेछ।














