नेपाललाई फाइनल पुग्न बंगलादेशको चुनौती
आइतबार, १७ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा साबिक विजेता बंगलादेशसँग खेल्ने भएको छ।
गोवास्थित जवाहरलाल नेहरु रंगशालामा आइतबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा भारतले बंगालादेशलाई ३–० ले पराजित गरेसँगै नेपालले अन्तिम चारको प्रतिद्धन्द्वी पाएको हो।
भुटानलाई १–० र श्रीलंकालाई २–० ले हराउँदै नेपाल समूह ‘ए’को विजेता बनेको थियो। अर्कोतर्फ भुटानले भारतसँग खेल्ने भएको छ।
समूह ‘बी’मा भने भारतले माल्दिभ्सलाई पहिलो खेलमै ११–० ले हराएको थियो। बंगालदेशले भने माल्दिभ्सविरुद्ध ४–२ को मात्र जित निकाल्न सक्यो।














