बैंग्लोरलाई सहज लक्ष्य
आइतबार, १७ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई १५६ रनको लक्ष्य दिएको छ।
अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको गुजरातको सुरुआत खराब रह्यो। तर, वाशिंगटन सुन्दरको इनिङ्सले टोलीलाई सम्मानजनक स्कोर बनाउन मद्दत गर्यो।
गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनायो। सुन्दरले अविजित ५० रन बनाए। कप्तान शुभमन गिल (१२) र साई सुदर्शन (१०) चाँडै आउट भए। निशान्त सिन्धु (२०), जोस बटलर (१९), अर्शद खान (१५) र राहुल तेवाटिया (७) ले पनि उल्लेखनीय योगदान दिन सकेनन्।
बैंग्लोरका रसिक सलामले सर्वाधिक तीन विकेट लिए। भुवनेश्वर कुमार र जोश हेजलवुडले दुई-दुई विकेट लिए।














