श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं। नेपाल साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
गोवास्थित जवाहरलाल नेहरु रंगशालामा आइतबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई २–० ले पराजित गरेको हो। योसँगै नेपाल समूह विजेता बनेको छ।
नेपालले पहिलो खेलमा भुटानलाई १–० ले पराजित गरेको थियो। भुटान भने यसअघि नै श्रीलंकालाई ४–० ले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ। श्रीलंका भने अंकविहीन रह्यो।
नेपालले फाइनल प्रवेश गर्न अर्को समूहको उपविजेतासँग खेल्नेछ। समूह ‘बी’बाट भारत र बंगलादेश समान ३ अंकसहित सेमिफाइनल पुगिसकेका छन्।
यद्यपि, आइतबार बेलुका हुने खेलले नेपालसँग खेल्ने टोलीको टुंगो लाग्नेछ। नेपाललाई स्ट्राइकर रश्मिकुमारी घिसिङले अग्रता दिलाएका हुन्। उनले इन्जुरी समयमा रेखा पौडेलले दिएको क्रसमा गोल गरेकी हुन्।
सिक्स यार्ड बक्सनजिकबाट आएको बललाई अनमार्कमा रहेकी उनले सहजै गोलम परिणत गरिन्। ६२औं मिनेटमा रेनुका नगरकोटेले अर्को गोल थपिन्। उनले टप कर्नरमा गोल गरिन्।
यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो।










-1787756317261.jpeg&w=3840&q=75)



