सरु र मिना सुरुआती ११ मा
आइतबार, १७ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानले साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा दुई परिवर्तन गरेका छन्।
गोवास्थित जवाहरलाल नेहरु रंगशालामा खेल केहीबेरमा सुरु हुनेछ। न्यौपानेले दुई अनितालाई बेञ्चमा राखेका छन्। भुटानविरुद्धको खेलमा डेब्यु गरेकी अनिता लम्जेलले यसपल्ट सुरुआती ११ मा स्थान बनाउन सकिनन्।
उनको स्थानमा फरवार्ड मिना देउवा आएकी छन्। मिडफिल्डर अनिता बस्नेतको स्थानमा भने सरु लिम्बूले मौका पाएकी छन्। सरु र मिनाले भुटानविरुद्धको खेलमा बेञ्चबाट सुरुआत गरेका थिए।










-1787756317261.jpeg&w=3840&q=75)



